साउदी अरबले पहिलो परमाणु रिएक्टर बनाउने

साउदी अरबले पहिलो परमाणु रिएक्टर बनाउने

एजेन्सी । साउदी अरब सरकारले पहिलो परमाणु रिएक्टर बनाउने घोषणा गरेको छ । सउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले देशको पहिलो परमाणु रिएक्टर बनाउने योजना घोषणा गर्नुभएको हो ।

सउदीले बनाउने परमाणुको प्रयोग र यसको विकास तथा शैक्षणि उद्देश्यको बारेमा भने खुलाइएको छैन । साउदी अरबको आगामी २० वर्षमा १६ वटा परमाणु रिएक्टर बनाउने योजना छ । जसका लागि झन्डै ८० अर्ब डलर खर्च हुने अनुमान गरिएको बीबीसीले जनाएको छ ।