विष्णु पौडेलको हिरासत थप ५ दिन लम्बियो, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

विष्णु पौडेलको हिरासत थप ५ दिन लम्बियो, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार अनुसन्धानका लागि थप पाँच दिनको म्याद दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा गत साउन ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि क्रमशः साउन ९ गते सात दिन, १५ गते तीन दिन र १८ गते थप छ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। पछिल्लो आदेशसँगै उनको हिरासत अवधि पुनः लम्बिएको छ।

यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन भने खारेज भएको छ।

अनुसन्धान निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान जारी रहेको जनाएको छ भने मुद्दासम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन।