–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मलिनता छाउने योग छ । आर्थिक पक्ष सवल रहेको छ । घर परिवारबाट साथ सहयोग मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा मनग्य लाभको समय छ । हरेक काममा सफलता मिल्ने छ । रमाइलोसंग दिन बित्ने छ । प्रशन्नता छाउने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थीकरुपमा फाइदा पुग्ने योग छ । हरेक काम बन्नेछन् । घुमफिरको समय छ । साथीसंगीको साथ रमाइलो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च बढ्ने समय छ ख्याल गर्नुहोला । मान सम्मानमा कमी आउला । काममा पनि स्थिरता कायम गर्ने प्रयास गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मलिनता छाउने योग छ, सर्तक हुनुहोला । साथीसंगीबाट रमाइलो साथ मिल्ने छ । दिन रमाइलोसंग बित्ने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अर्थ आर्जनको समय छ । हरेक काम बन्नेछन् । मन हर्षले छाउने छ । साथीसंगीको रमाइलो गर्दै यात्राको योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिठो मिठो भोजन खान पाइएला । सुखद खबर सुन्न पाइने छ । पारिवारिक सुख मिल्नेछ । धेरै कामहरु फत्य गर्न सफलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम गर्दा ख्याल पुर्याउनु होला । अपव्ययको योग छ । स्वास्थ्य गडबडी हुन सक्छ, सजगता अपनाउनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सिर्जनशिल काममा रुची जाग्ने छ । उल्लेखनीय काम गर्नुहुनेछ । आम्दानीमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सम्पत्ति बढ्ने योग छ । हरेक काममा फाइदा पुग्ने योग छ । घुमफिरमा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अर्थ लाभको समय छ । काममा चुनौतीहरु बढे पनि सामाना भने सहजै गर्न सक्नुहुनेछ । घुमफिर गर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सजग रहनुहोला काममा बाधा आउन सक्छ । शत्रुता बढ्न सक्छ ख्याल गर्नुहोला । स्वास्थ्यले भने साथ दिने छ ।