

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल–एडीबी सहकार्य, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
एडीबीका अध्यक्ष कान्डा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति काठमाडौं आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए। कान्डाको नेपाल भ्रमणलाई पूर्वाधार विकास, आर्थिक सहयोग तथा दीर्घकालीन विकास साझेदारीलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।