अनेरास्ववियुको मुर्दा जुलुस,त्रिचन्द्र क्याम्पस अगाडि झडप

अनेरास्ववियुको मुर्दा जुलुस,त्रिचन्द्र क्याम्पस अगाडि झडप

काठमाडौंः राजधानी काठमाडौंको रत्नपार्क क्षेत्र एक्कासी तनावग्रस्त बनेको छ । मंगलबार दिउँसो केही व्यक्तिहरुले एक्कासी सडक कब्जा गरेर प्रदर्शन थालेपछि रत्नपार्क क्षेत्र तनावग्रस्त बनेको हो ।

नेकपा एमालेको विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दै पुत्ला दोहन गर्न थालेपछि सर्वसाधारण अकमक्क परेका थिए । एकैछिनमा प्रहरी र प्रदर्शनकारीको उपस्थिति बाक्लिएपछि स्थिति तनावग्रस्त बनेको हो भने शहर जामले अस्तव्यस्त बनेको छ ।

ट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले ‘मुर्दा जुलुश’ निकालेको हो ।

त्रिचन्द्र कलेजबाट निस्किएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार भएको छ । विद्यार्थी र प्रहरीबीच झडप समेत भएको छ ।