

काठमाडौं । फिफा विश्वकप २०२६ रोमाञ्चक चरणमा प्रवेश गरेको छ। पहिलो पटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको ४८ टोली सहभागी प्रतियोगिताको समूह चरण र राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भइसकेका छन्।
प्रतियोगितामा चार पटकको विश्वविजेता जर्मनी, उपाधि दाबेदार नेदरल्यान्ड्स र दुई पटकको विश्वविजेता उरुग्वे अपेक्षाविपरीत बाहिरिएका छन्। जर्मनी र नेदरल्यान्ड्स राउन्ड अफ ३२ बाटै बाहिरिँदा उरुग्वे समूह चरण पार गर्न असफल भयो। पहिलो पटक विश्वकप खेलेको केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गराउँदै प्रभावशाली प्रदर्शन गरेको थियो।
अन्तिम १६ अन्तर्गत हालसम्म दुई खेल सम्पन्न भइसकेका छन्। सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा पुगेको छ भने फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। अब क्वाटरफाइनल प्रवेशका लागि बाँकी रहेका ६ खेल हुनेछन्।
-ब्राजिल vs नर्वे — सोमबार बिहान १:४५ बजे
-मेक्सिको vs इङ्ल्यान्ड — सोमबार बिहान ५:४५ बजे
-पोर्चुगल vs स्पेन — सोमबार राति १२:४५ बजे
-अमेरिका vs बेल्जियम — मंगलबार बिहान ५:४५ बजे
-अर्जेन्टिना vs इजिप्ट — मंगलबार राति ९:४५ बजे
-स्विट्जरल्यान्ड vs कोलम्बिया — मंगलबार राति १:४५ बजे
विश्वकप उपाधि दौड थप रोमाञ्चक बन्दै जाँदा अबका यी खेलहरूले क्वाटरफाइनलको समीकरण पूरा गर्नेछन्।