रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ।

पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ। शपथपछि नवगठित केन्द्रीय समितिको पहिलो बैठक पनि बस्ने तय भएको छ।

चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएकै दिन सभापति रवि लामिछानेले भरतपुरमै पद तथा गोपनीयताको शपथ लिएका थिए।

अब बुधबार बाँकी पदाधिकारी र नवनिर्वाचित केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।