–ज्योतिष वाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा फल प्राप्ति होला । अर्थ लाभ हुने समय छ । प्रगतिको
योग छ । घुमफिरको मौका मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अर्थ प्राप्तीको समय छ । घुमफिरको समय छ । समय तपाईंको काबुमा रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परायको डरको योग छ । मान सम्मानमा आघातको समय छ । गरेका कामहरुमा रोकावट आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुख मिठा हुने दिन छ । अर्थ प्राप्तिको योग छ । साथीसंगीबाट प्रशन्नता मिल्नुका साथै सुखद समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन प्राप्तिको योग छ । आम्दानीमा वृद्धिहुनुका साथै काममा प्रगति हुने योग छ । समय तपाईंकै अनुसार चलाउन सक्नुहुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीहरु वृद्धि हुनेछन् । साथीसंगीबाट लाभ मिल्ने छ । पारिवारिक सुख मिल्नेछ । समय तपाईंले आफुले भनेअनुसार चलाउन सक्नहुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्ने योग छ । काममा बाधा आउनुका साथै स्वास्थ्यमा सजग हुनु पर्ने समय छ । होश पुर्याउनु उचित होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अचानक फल प्रप्तिको योग छ । कार्य सफल हुने योग रहेको छ । घरपरिवारबाट सुख प्राप्ति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन परेको मान्छेबाट साथ सहयोग पाइनेछ । व्यवसायमा राम्रो छ । पढ्न मन लाग्नेछ । समग्रमा समय राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा सफलता मिल्नेछ । साथीहरुबाट सहयोग मिल्नुकासाथै व्यवसायमा मनग्य लाभको समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा सजग हुनु राम्रो होला । काममा बाधा आउने योग छ । अल्छिपना बढ्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्पत्ति बढ्ला । धन वृद्धिको समय छ । घुमफिर रमाइलो हुने समय जुरेको छ । व्यवसायमा पनि उत्तिकै लाभ देखिन्छ ।