नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। नेदरल्यान्ड्सविरुद्धको रोमाञ्चक अन्तिम ३२ को खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म १-१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट छिनिएको हो।

टाइब्रेकरमा मोरक्को ३-२ ले विजयी हुँदै क्वार्टरफाइनल नजिकको अन्तिम १६ मा प्रवेश गर्न सफल भयो भने नेदरल्यान्ड्सको विश्वकप यात्रा समाप्त भएको छ। अब मोरक्कोले अन्तिम १६ मा सह-आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। क्यानडाले यसअघि दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो।