के किन्दा शुभ हुन्छ?
लक्ष्मी गणेशको प्रतिमा: यस दिन लक्ष्मी र गणेशको प्रतिमा या तस्बिर किन्नु उपयुक्त मानिन्छ । यसो गर्दा घरमा सुखसमृद्धि एकैसाथ आउने र गृह्क्लेश समेत टाढा हुने विश्वास गरिन्छ ।उक्त प्रतिमालाई लक्ष्मीपूजाको दिन पूजा गर्नु राम्रो मानिन्छ ।
गरगहना तथा कपडा: यस दिन सुन चाँदीका गहना किन्नु पनि राम्रो मानिन्छ । त्यसका साथै लुगाफाटो किन्दा पनि सेतो या रातो रङ्गको कपडा किन्नु राम्रो मानिन्छ । कालो या निन्याउरो रङ शनिको प्रतीक हुने भएकाले यस दिन सकेसम्म नकिन्नु नै राम्रो मानिन्छ ।
मोटरगाडी किन्दा ध्यान दिनुपर्ने: धेरैले यस दिन मोटरगाडी पनि किन्ने गर्दछन् । यो राम्रो भएपनि त्यसको मूल्य भने सकेसम्म एक दिन अगाडि नै तिर्नु राम्रो मानिन्छ । यसो गर्नुका मुख्यतया दुई कारण रहेकाछन्: पहिलो त गाडीहरू फलामबाट बनेका हुन्छन् र फलाम शनिको धातु ,मानिन्छ, अर्को हो यसमा प्रयोग हुने काँच जसलाई राहु तत्व मानिन्छ ।
सम्पत्ति, भाँडाकुँडा या औषधि: यस दिन अचल सम्पत्ति र औषधि किन्दा पनि लाभ हुने विश्वास गरिन्छ । त्यस्तै तामा, पित्तल, चरेस, स्टील आदिका भाँडा कुँडा किन्नु पनि राम्रो मानिएको छ ।
कुचो, नुन र धनियाँ: यस दिन कुचो र नुन किन्नु पनि राम्रो मानिन्छ । कुचो किन्दा घरको नकारात्मक उर्जा बाहिर जाने विश्वास गरिएको छ । त्यस्तै यस दिन धनियाँ किन्नु पनि राम्रो मानिन्छ । यसरी कीएको धनियाँलाई लक्ष्मीको प्रतिमा नजिक राखेर लक्ष्मी पूजा पछि कुनै गमलामा विसर्जित गरिदिनु पर्दछ ।
अन्य कुराहरू: त्यस्तै यस दिन दक्षिणवर्ती शंख, कमलगट्टाको माला, धार्मिक साहित्य या रुद्राक्षको माला किन्नु पनि लाभदायक मानिन्छ । त्यस्तै यस दिन प्राणप्रतिष्ठित श्रीयंत्र समेत घरमा राख्दा फाइदा हुन्छ ।
के किन्नु उपयुक्त हुँदैन ?
काँचका समान: काँचको सम्बन्ध राहु ग्रहसँग भएको मानिन्छ । राहु नीच ग्रह मानिने र यसले अशुभ गर्न सक्ने भएकाले नै यस दिन काँचका सामान किन्नु उपयुक्त मानिंदैन ।
फलाम र एल्मुनियमका भाँडाकुँडा: फलाम शनिसँग र एल्मुनियम राहुसँग सम्बद्ध भएकाले यस्ता समान पनि यस दिन किन्ने गरिन्न ।
धारिलो वस्तु: धनतेरसको दिन चक्कु, खुकुरी जस्ताधरिला समान समेत किन्नु राम्रो मानिंदैन ।