

काठमाडौं । सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
सोफी स्टेडियममा भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा जाने सम्भावना देखिएको थियो।
तर इन्ज्युरी समयको दोस्रो मिनेटमा कप्तान युस्ताकियोले गरेको उत्कृष्ट गोल नै खेलको निर्णायक बन्यो। उक्त गोलसँगै क्यानडाले ऐतिहासिक जित हात पार्दै अन्तिम १६ मा स्थान बनायो।
यससँगै दक्षिण अफ्रिकाको ऐतिहासिक विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ। अब क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।