

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) को पूरा समीकरण तय भएको छ। विश्वकप इतिहासमै पहिलो पटक ४८ टोली सहभागी भएको प्रतियोगितामा समूह चरण पार गर्दै ३२ टोलीले अन्तिम उपाधि यात्रालाई निरन्तरता दिएका छन्।
साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, जर्मनी, स्पेन र पोर्चुगलजस्ता बलिया टोलीहरूले अपेक्षाअनुसार नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। अबदेखि प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुने भएकाले एक हारले विश्वकप यात्रा समाप्त हुनेछ।
समूह ए: मेक्सिको (विजेता), दक्षिण अफ्रिका (उपविजेता)
समूह बी: क्यानडा (विजेता), कतार (उपविजेता), बोस्निया तथा हर्जेगोभिना (उत्कृष्ट तेस्रो)
समूह सी: ब्राजिल (विजेता), मोरक्को (उपविजेता)
समूह डी: अमेरिका (विजेता), अस्ट्रेलिया (उपविजेता), पाराग्वे (उत्कृष्ट तेस्रो)
समूह ई: जर्मनी (विजेता), आइभरी कोस्ट (उपविजेता), इक्वेडर (उत्कृष्ट तेस्रो)
समूह एफ: नेदरल्यान्ड्स (विजेता), जापान (उपविजेता), स्विडेन (उत्कृष्ट तेस्रो)
समूह जी: बेल्जियम (विजेता), इजिप्ट (उपविजेता)
समूह एच: स्पेन (विजेता), केप भर्डे (उपविजेता)
समूह आई: फ्रान्स (विजेता), नर्वे (उपविजेता), सेनेगल (उत्कृष्ट तेस्रो)
समूह जे: अर्जेन्टिना (विजेता), अस्ट्रिया (उपविजेता), अल्जेरिया (उत्कृष्ट तेस्रो)
समूह के: कोलम्बिया (विजेता), पोर्चुगल (उपविजेता), डिआर कङ्गो (उत्कृष्ट तेस्रो)
समूह एल: इंग्ल्यान्ड (विजेता), क्रोएसिया (उपविजेता), घाना (उत्कृष्ट तेस्रो)
-दक्षिण अफ्रिका vs क्यानडा
-ब्राजिल vs जापान
-अर्जेन्टिना vs केप भर्डे
-जर्मनी vs पाराग्वे
-नेदरल्यान्ड्स vs मोरक्को
-आइभरी कोस्ट vs नर्वे
-फ्रान्स vs स्विडेन
-मेक्सिको vs इक्वेडर
-इंग्ल्यान्ड vs डिआर कङ्गो
-बेल्जियम vs सेनेगल
-अमेरिका vs बोस्निया तथा हर्जेगोभिना
-पोर्चुगल vs क्रोएसिया
-स्पेन vs अस्ट्रिया
-कोलम्बिया vs घाना
-स्विट्जरल्यान्ड vs अल्जेरिया
-अस्ट्रेलिया vs इजिप्ट
ब्राजिल–जापान, अर्जेन्टिना–केप भर्डे, पोर्चुगल–क्रोएसिया तथा स्पेन–अस्ट्रियाबीचको भिडन्त विशेष आकर्षणका रूपमा हेरिएको छ। अब उपाधि होड थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।