पिपिएल क्रिकेटमा चितवन राइनोज र पोखरा पल्टन फाइनलमा

पिपिएल क्रिकेटमा चितवन राइनोज र पोखरा पल्टन फाइनलमा

पोखरा, १८ कार्तिक । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधिका लागि चितवन राइनोज र पोखरा पल्टनबिच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि घरेलु टोली पोखरा र चितवनबिच उपाधिका लागि मंगलबार खेल हुनेछ ।

आज भएको एलिमिनेटर (प्ले अफ) खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवनले उपाधिका लागि स्थान सुरक्षित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । यो जितसंगै चितवन लगातार चौथो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ भने काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।