एजेन्सी, १८ कार्तिक । ट्रकले ठक्कर दिएर चीनको उत्तर–पश्चिममा १५ जनाको मृत्यु भएको छ ।
चीनको लान्झाउ सहरमा भएको दुर्घटनामा ४४ जना घाइते भएका छन् । लान्झाउ सूचना विभागका अनुसार ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो