वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

काठमाडौं, १८ कार्तिक । मानव अधिकारवादी तथा वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उहाँको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आज दिउँसो निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उहाँलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार भने तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । आज मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उहाँको निधन भएको अस्पतालले जनाएको छ ।