जमराको जुस पिउदै हुनुहुन्छ ? होसियार रहनुस् है हजुर !

जमराको जुस पिउदै हुनुहुन्छ ? होसियार रहनुस् है हजुर !

-महेश श्रेष्ठ-

जमरा उमार्न प्रयोग गरिएको माटो, पानी र मलमा अनेक खालका किटाणुहरु लुकेर बसेका हुन्छन् । तपाईले पिउने जुसमा सानो कण माटो वा मल पर्यो भनेपनि तपाईलाई अस्वस्थ बनाउन सक्छ ।

त्यसैगरी जमरा उमार्दा प्रयोग गरिएको पानी पनि शुद्ध पिउने पानी नभई ट्युबवेल र इनारको पानी भए त्यसमा भएको कोलिफर्म जमरामा बसेर जुस मार्फत हाम्रो शरीरमा प्रवेश गर्नेछ, नतिजा हामीलाई फाइदा हैन बेफाइदा हुन्छ ।
त्यसैले जमराको जुस पिउनअघि किटाणुरहित भएनभएको सुनिश्चित गर्नुस् ।
जमराको जुस सेवन वा बिक्रीवितरण गर्नु हुनेले पनि विचार पुर्‍याउनु होला । जमराको जुस बनाउन ३० मिनेट अघि कोलरिन/पीयूष/पोटास राखिएको पानीमा जमरा भिजाउने र धुने गर्नु होला र शुद्ध पिउने पानीमा मात्रै जुस बनाउनु होला ।

( कान्तिपुर रेडियोमा Rashmila Prajapati जीले जमराको जुसका सम्बन्धमा सचेत गराउनु भएको थियोे । यसै सम्बन्धमा मलाई पनि धेरै अघिदेखि कुरा राख्न मन लागेको थियो तर बिर्सिरहेको थिएँ, आज सम्झेर राखे अन्यथा नलागोस् ।)

-याे सामाग्री महेश श्रेष्ठकाे फेसबुकबाट लिएका हाैँ ।