पीपीएल क्रिकेटमा फाइनलकालागि चितवन र काठमाडौं आज भिड्दै

पीपीएल क्रिकेटमा फाइनलकालागि चितवन र काठमाडौं आज भिड्दै

पोखरा, १८ कार्तिक । पोखरामा जारी नमस्ते पिपिएल टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशको लागि प्ले अफ खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने प्ले अफमा पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।

आज बिहान ११ बजे सुरु हुने खेलको विजेता टोलीले फाइनल यात्रा तय गर्नेछ । पीपीएलमा चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएको हो । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६÷६ अंक जोडेका थिए । तरपनि नेट रन रेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेको हो । विजेताले भोली हुने फाइनलमा घरेलु टोली पोखरा पल्टनसंग खेल्नेछ । पोखरा ५ खेलबाट ३ जित र २ हार सहित ६ अंक जोडेपनि शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरिसकेको छ ।