फ्रान्समा जनमत संग्रह

फ्रान्समा जनमत संग्रह

एजेन्सी । फ्रान्समै रहिरहने वा स्वतन्त्र हुने भन्ने विषयमाथि हुन लागेको जनमत संग्रह अन्तर्गत प्रशान्त द्वीप क्षेत्र न्यू क्यालेडोनियामा मतदान भएको छ । कानाक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि दुई दशकअघि भएको सहमति अनुसार जनमत संग्रह गरिएको हो ।

तर पनि जनमत सर्वेक्षणहरूले धेरै मतदाताले स्वतन्त्रतालाई अस्वीकार गर्न सक्ने देखिएको अधिकारीहरुले बताएका छन् । सन् १९९८ मा भएको सहमति अनुसार जनमत संग्रहको विपक्षमा नतिजा आए सन् २०२२ अघि थप दुई पटक जनमत संग्रह गरिनेछ । पक्षमा नतिजा आए सन् १९७७ मा जिबुटी र १९८० मा भानुआटु अलग भएपछिको स्वतन्त्र हुने न्यू क्यालेडोनिया फ्रान्सको पहिलो भूभाग हुने अन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।