–ज्योतिष वाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समग्रमा साता फलदायी रहेको छ । धन लाभ हुनेछ । आफ्नो कार्य क्षेत्रमा सफलता पाइनेछ । आर्थिक उन्नति र नयाँ कामको शुरुवात हुनेछ सवारीसाधनबाट सुख मिल्ला । मिष्ठान्न भोजन मिल्ने योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सफलतामा अवरोध आउने समय छ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । सुखद् यात्राका योग देखिन्छन् । आर्थिक क्षेत्र सबल रहनेछ । भोजन तथा सुखचयन प्राप्त होला । यात्रामा लाभ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मध्यमवाला साता छ । शुरुमा काममा अवरोध रहने छ भने अपव्यवको समय छ । प्रविधिका क्षेत्रमा सफलता मिल्ने देखिन्छ । मानसम्मान प्राप्त होला । शुभ कार्यको शुरुवात हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उत्तम फलदायी साता छ । सोचेका काम पूरा हुने छन् । सामाजिक कार्यमा मन जानेछ । कार्य प्राप्तिका योग देखिन्छन् । पठनपाठन बढ्ला । थोरै भए पनि धन सम्पत्ति प्राप्ति होला । मानसिक चिन्ताले सताउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा बढी व्यस्त हुने समय छ । नविन कामको योग छ । व्यवसायमा राम्रो प्रगती देखिन्छ । मनमा अशान्ति छाउला । शक्ति र साहसबाट मान सम्मान वृद्धि होला । साथीहरूको साथ रहनेछ । अर्थलाभ हुने नयाँ कामहरुको शुरुवात होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिकरुपमा साता उत्तम छ । कला मनोरञ्जनमा विशेष रुचि जाग्नेछ । आय आर्जनका स्रोत बढ्नेछन् । पारिवारिक सुख मिल्ने छ । सोचेका काम बन्लान् । मनमा प्रशन्नता बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मध्यमखालको साता छ । अपव्यय हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । तर उत्तरार्धमा कामहरु सफल हुदै जानेछन् । भाग्ययोदयको समय छ । रोगबाट छुटकारा पाइएला । सुख तथा आनन्द प्राप्त होला । मानसम्मान बढ्ला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता विशेष रहनेछ । काममा उन्नति हुने समय छ । अर्थ वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि मिल्नेछन् । व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभ हुने देखिन्छ । आफन्तबाट साथसहयोग पाइएला । पठनपाठनमा आलस्यता होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साता फलदायी हुने योग छ । आय आर्जनका स्रोतहरु बढ्ने योग छ । सामाजिक कार्यमा रुचि जाग्नेछ । मित्र लाभ हुनेछ । नमा उत्साह बढ्ला । घरपरिवारमा अतिथि आगमन होला । धनसम्पत्ति लाभ होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अर्थपूर्ण समयको योग छ । व्यवसायमा वृद्धि हुने योग छ । अध्ययन अध्यापनको क्षेत्र सबल र सफल रहनेछ । विशिष्ट व्यक्तिको सेवा गर्ने मौका मिल्ला । भोजन तथा भौतिक बस्तुमा सुविधा प्राप्त होला । घरपरिवारको सहयोग मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिश्रित फल प्राप्त हुने समय छ । काममा अवरोधका साथै आर्थिक अस्थिरता उत्पन्न हुने समय छ । व्यापारमा वृद्धि हुनेछ । शत्रु पराजित हुने छन् । मान्यजनबाट सुख प्राप्त होला । यात्रा सम्भव होला । छोराछोरी तथा आफूभन्दा साना व्यक्तिबाट सहयोग प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लाभदायी साता हुने समय छ । आर्थिक वृद्धि हुनेछ । साथीसंगीको साथ मिल्नेछ । व्यवसायमा पनि वृद्धि हुनेछ । विद्यामा फलदायी देखिन्छ । धनमाल लाभ होला । विशिष्ट व्यक्तिबाट सुख तथा सहयोग प्राप्त होला । मनमा उत्साह बढ्ला ।