मंसिर २८ मा डोली, आयो पोस्टर

मंसिर २८ मा डोली, आयो पोस्टर

काठमाडौं, कार्तिक १७ । सामाजिक प्रेमकथानक फिल्म डोलीको फस्र्टलुक पोस्टरका साथै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । राजबहादुर सानेको निर्देशनमा किरण नेपालीले निर्माण गरेको यो फिल्म मंसिर २८ गतेदेखि देशभरका हलमा प्रदर्शन हुदैछ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गरेको फिल्मको स्क्रिप्ट पनि निर्देशक साने आफैले लेखेका हुन् । सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।

यसअघि लाटी, बृन्द्राबन,बिरंगानालगायतका फिल्म निर्देशन गरेको निर्देशक सानेले डोलीमा भरपुर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देश समेत रहेको बताउँछन् । फिल्मको बितरण आरआर फिल्मस् र जिजिए गु्रपले गर्दैछ ।