१२औं गोदावरी पुष्प प्रदर्शनीमा ४६ लाखको व्यापार

१२औं गोदावरी पुष्प प्रदर्शनीमा ४६ लाखको व्यापार

ललितपुर, १७ कार्तिक । १२औं गोदावारी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला ललितपुरको जाउलाखेलमा आज पनि चलिरहेको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ १५ गते देखि सुरु भएको प्रदर्शनीमा ४८ वटा स्टल रहेको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

?

प्रदर्शनीको अवलोकनमा अहिले सम्म ३८ हजारले अवलोकन गरेको फ्लोरीकल्चर एसोसिएसनले जनाएको छ । अहिले सम्म फुलको कारोबार भने ४६ लाखको हाराहारीमा भएको एसोसिएसनले जनाएको छ । तिहार तथा छठलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा ४५ जातका फुल र विरुवाको प्रदर्शनी सहित बिक्री कक्ष राखिएको छ । भोलीसम्म चल्ने पुष्प प्रदर्शनीमा ६० लाख रुपैयाँको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।