

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले निवर्तमान प्रदेश सभापति डा. अच्युतम लामिछानेलाई दुई मतको झिनो अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गरे भने लामिछानेले ४१४ मत पाए।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो। नेतृत्व चयनसम्बन्धी विवाद र प्राविधिक व्यवस्थापनका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो। झिनो मतान्तरमा भएको प्रतिस्पर्धापछि अर्याल बागमती प्रदेशको नयाँ सभापतिमा निर्वाचित भएका छन्।