

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
मनी लाउण्डरिङ्ग निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको मुद्दामा ३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ।
मुद्दामा दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। त्यस्तै, शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ।
यस्तै, व्यवसायी शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत खुलाउन नसकेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोपसहित प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ।
उक्त मुद्दामाथि विशेष अदालतमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।