काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु, १५ जना घाइते

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

काभ्रेका डीएसपी रवीन बिष्टका अनुसार दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।