प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो २ बजे बस्ने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो २ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषय, नीतिगत प्रस्ताव तथा प्रशासनिक एजेण्डामाथि छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ। सरकारका नियमित कामकारबाही, मन्त्रालयगत प्रस्ताव र समसामयिक विषयहरू बैठकको मुख्य एजेण्डा रहने सचिवालयले जनाएको छ।