

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार गुरुङको शपथ आज दिउँसो ३ बजे हुने तयारी गरिएको छ। उनी यसअघि पनि चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए भने सम्पत्ति विवरणसम्बन्धी प्रश्न उठेपछि राजीनामा दिएका थिए।
सरकारले उनको सम्पत्ति र कार्यसम्पादनबारे छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिले शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो छानबिन प्रतिवेदन ग्रहण गरेको छ। त्यसपछि प्रधानमन्त्री शाहले पुनः गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेको बताइएको छ।
त्यस्तै, प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस गरेका छन्। उनीहरूको शपथ आजै राष्ट्रपति कार्यालयमा हुने तयारी छ।