ओलीकै अध्यक्षतामा बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

ओलीकै अध्यक्षतामा बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमा सहभागी भएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा (बादल), उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा तथा महासचिव शंकर पोखरेललगायत नेता सहभागी छन्।

पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउँदै सुदृढीकरण तथा पुनर्गठनको कार्ययोजना तयार गर्नेछ।

कार्यदलमार्फत एमालेले संगठनात्मक संरचना सुधार र पार्टी पुनर्जीवनसम्बन्धी प्रस्तावहरू अघि बढाउने तयारी गरेको छ।