श्रीकृष्णकुन्जमा पुरुषोत्तम महात्म्य

श्रीकृष्णकुन्जमा पुरुषोत्तम महात्म्य

काठमाडौ । हामीहरुमा जसरी संसारको भोक प्यास शान्त पार्ने इच्छा हुन्छ त्यो भन्दा बढी भगवानको नाम रुप लीला धाम सम्वन्धी कथामृत पान गर्ने हुटहुटी हुनुपर्छ भन्ने दीव्य सन्देश आत्मसात गरी त्यसतर्फ निरन्तर अघि बढ्न उत्प्र्रेरित गर्ने पावन महिना हो पुरुषोत्तम महिना । उक्त कुरा रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले कोटेश्वर सहयोगीनगर सामुदायिक समाजद्वारा श्रीकृष्ण कुन्जमा आयोजित १ दिवशीय पुरुषोत्तम महात्म्य कथा सार वाचन कार्यक्रमको शुभारम्भका अवसरमा वताउनुभएको हो ।

मानिसको आक्रमणबाट पनि नमरु ,जनावरको आक्रमणबाट पनि नमरु, दिनमा पनि होइन रातमा पनि होइन ,जमीनमा पनि होईन ,आकाशमा पनि होईन ,हातले पनि होईन हतियारले पनि होईन भन्ने वरदान भगवानबाट प्राप्त गरेको हिरण्ण्कशिपुलाई भगवानले नरसिंहावतार लिई, सांझमा ,काखमा राखेर , नंग्राले चिथोरेर मारिदिनुभयो । यस संसारमा जन्मने हरेकको मृत्यु निश्चित भएकोले मृत्यु चिन्तन गर्दै जीवनलाई सत्मार्गमा डो¥याउनु पर्ने आवश्यकता छ , यसै प्रसंगमा विशेष अतिथि पूर्व सहायक मन्त्री दीनवन्धु अर्यालले वताउनुभयो । समाजको धार्मिक उपसमितिका संयोजक सूर्य प्रसाद भण्डारीको संयोजनमा मूल समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारी र पूर्व वरिष्ठ प्रशासक एवं आध्यात्मिक जागरणका अभियन्ता प्राध्यापक कुल प्रसाद पराजुलीको समुपस्थितिमा भक्ति संगीत सहित सम्पन्न उक्त कार्यक्रममा सयौं श्रध्दालुहरुको सहभागिता थियो ।