झुटा कागजात तयार पारेको आरोपमा वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झुटा कागजात तयार पारेको आरोपमा वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मेयर सिंह, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई, वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।

यसैगरी, नागरिकता सम्बन्धी छानबिनका लागि गठित समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राना तथा शाखा अधिकृत परशुराम पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारका अनुसार झुटा विवरण र कागजातका आधारमा नागरिकता प्राप्त गराइएको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मेयर सिंह गत साता पक्राउ परेका थिए । पछि अदालतको आदेशमा धरौटीमा रिहा भएका उनी भ्रष्टाचार मुद्दा खेप्ने वीरगञ्ज महानगरपालिकाका पहिलो मेयर बनेका छन् ।