रास्वपाका ४० जिल्लामा नयाँ नेतृत्व चयन, को–को बने जिल्ला सभापति?

रास्वपाका ४० जिल्लामा नयाँ नेतृत्व चयन, को–को बने जिल्ला सभापति?

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारदेखि देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ । अधिवेशनअन्तर्गत हालसम्म ४० जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ । हालसम्मको परिणामअनुसार कोशी प्रदेशका १०, बागमतीका १०, गण्डकीका ७, लुम्बिनीका ६, कर्णालीका ४ र सुदूरपश्चिमका ३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

निर्वाचित जिल्ला सभापतिहरूको नामावली यसप्रकार छः

कोशी प्रदेश

  • पाँचथर – प्रकाश गुरुङ
  • सुनसरी – सागर दाहाल
  • झापा – ओम भण्डारी
  • ताप्लेजुङ – राजनकुमार गुरुङ
  • मोरङ – भरत कँडेल
  • तेह्रथुम – सुमन खत्री
  • भोजपुर – ख्यामबहादुर भुजेल
  • सङ्खुवासभा – भक्तनारायण श्रेष्ठ
  • ओखलढुङ्गा – कृष्णबहादुर थापा
  • खोटाङ – मुकुन्दकृष्ण थापा

बागमती प्रदेश

  • काठमाडौं – राजा शाक्य
  • भक्तपुर – रामेश्वर बस्नेत
  • काभ्रेपलाञ्चोक – प्रवीण ढकाल
  • सिन्धुली – अविनाश बस्नेत
  • रामेछाप – रमेश रायमाझी
  • दोलखा – दिनेश बस्नेत
  • नुवाकोट – रामेश्वर गजुरेल
  • धादिङ – राजन अर्याल
  • मकवानपुर – सञ्जीव पाठक

गण्डकी प्रदेश

  • कास्की – यदुनाथ अधिकारी
  • स्याङ्जा – विश्वास भण्डारी
  • पर्वत – जालबहादुर पुन
  • म्याग्दी – युवराज रोका
  • बागलुङ – पुनम शर्मा
  • गोरखा – सुवर्ण रोकाहा क्षेत्री
  • तनहुँ – विश्व बाँस्तोला

लुम्बिनी प्रदेश

  • बर्दिया – शान्ता बुढा क्षेत्री
  • पाल्पा – विष्णु भण्डारी
  • रोल्पा – बलाराम थापा
  • दाङ – किरण खनाल
  • गुल्मी – हरि श्रेष्ठ
  • बाँके – विवेककुमार श्रेष्ठ

कर्णाली प्रदेश

  • कालीकोट – प्रेम केसी
  • सल्यान – प्रकाश नेपाली
  • हुम्ला – बुँदे बुढा
  • सुर्खेत – रमेशकुमार सापकोटा

सुदूरपश्चिम प्रदेश

  • बैतडी – भीमनाथ
  • बझाङ – सत्यराज उपाध्याय
  • डडेलधुरा – सुरेन्द्र अवस्थी

रास्वपाले जिल्ला अधिवेशनमार्फत संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिएको जनाएको छ। पार्टीका बाँकी जिल्लामा पनि अधिवेशन प्रक्रिया क्रमशः अगाडि बढिरहेको छ।