रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्।

जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिका प्रत्याशी सुरेश सापकोटालाई पराजित गर्दै शाक्य नेतृत्वमा चयन भएका हुन्।

पहिलो जिल्ला अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगरपालिका–८ का पार्टी सभापतिको जिम्मेवारीमा रहेका थिए।

निर्वाचन परिणामअनुसार उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन तथा सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन्।

अधिवेशनका लागि कुल ५२२ प्रतिनिधि रहेकामा ४३८ जनाले मतदान गरेका थिए। निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै काठमाडौं जिल्लामा पार्टी संगठन सुदृढीकरण र विस्तारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।