बेलायत । बेलायत भ्रमणमा रहेका तरुणदलका महासचिव एवं नेपाली कांग्रेस महासमिति सदस्य भुपेन्द्रजंग शाही र बेलायतको स्विडेन नगरका मेयर जुनाबबीच भेटवार्ता भएको छ ।
स्विनडन नगर समितिले आयोजना गरेको एक कार्यक्रममा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा मेयर जुनाबले बेलायतमा शाहीलाई स्वागत गर्दै दुई देशबीचको आर्थिक, सामाजिक र समसामहीक राजनीतिक विषयमा छलफल भएको कांग्रेस जनसम्पर्क समिति बेलायतले जनाएको छ ।
जुनाबले शाहीको बेलायत भ्रमण सफलताको कामना गर्दै फेरि फेरि बेलायत भ्रमणमा आउनका लागि आग्रह गरे । सद्भावपुर्ण र मैत्रीपुर्ण भेटघाटका क्रममा शाहीले नेपाल र बेलायतको आफ्नै इतिहास र असल सम्वन्ध रहेको बताएका छन् ।
उनले बेलायतको विकासबाट आफु अत्यन्त खुसी भएको बताउँदै नेपाल पनि यस्तै विकासको मोडलमा जानुपर्ने बताए । उनले आफ्नो बेलायत भ्रमण फलदायी भएको बताएका छन् । गत ८ गते भ्रमणमा निस्केका उनी आउँदो हप्ता स्वदेश फर्कने कार्यक्रम रहेको छ ।