

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद डीपी अर्यालले आजको बैठकको कार्यसूचीका बुँदा नम्बर २ र ३ हटाउँदै बैठक स्थगित गरेका हुन्।
सभामुख अर्यालका अनुसार प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्नेछ। प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले उक्त भनाइलाई रेकर्डबाट हटाउन वा प्रमाण प्रस्तुत गर्न माग गर्दै सदन अवरोध गरेका थिए।
विपक्षी दलहरूको निरन्तर अवरोधपछि आजको बैठक कार्यसूची अनुसार अघि बढ्न नसकेको हो।