सुनको मूल्यमा एकैदिन २० हजार ५०० रुपैयाँको उछाल, तोलाको ३ लाख ११ हजार रुपैयाँ नाघ्यो

सुनको मूल्यमा एकैदिन २० हजार ५०० रुपैयाँको उछाल, तोलाको ३ लाख ११ हजार रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आइतबार एकैदिन उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ ।

यो वृद्धि पछिल्लो समयको सबैभन्दा ठूलो दैनिक मूल्यवृद्धिमध्ये एक मानिएको छ । त्यस्तै, चाँदीको मूल्य पनि उच्च कायम रहेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन् ।