

स्याङ्जा, १५ कार्तिक । पाराग्लाइडिङ विश्वकप आजदेखि सुरु हुँदैछ । स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११ डौवा फाँटसम्म हुने पाराग्लाइडिङ विश्वकपमा विभिन्न देशका ९८ पाइलटले प्रतिस्पर्धा गर्दैछन् ।
हालै इन्डोनेसियामा भएको एसियन गेम्समा पाराग्लाइडिङतर्फ रजत पदक जित्न सुफल नेपालले आफ्नै देशमा पहिलो पटक पाराग्लाईडिङको एक्युरेसी विश्वकप गर्न लागेको हो । प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा महिला र पुरुषतर्फ एकल र टिम गरी कूल चार विधामा १४ स्वर्ण पदकका लागि खेलहरु हुनेछन् । प्रतियोगिता चार दिनसम्म चल्नेछ ।