कांग्रेस प्रतिष्ठानद्वारा सात उपसमितिका संयोजक चयन

कांग्रेस प्रतिष्ठानद्वारा सात उपसमितिका संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमितिका संयोजक चयन गरेको छ ।

प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा को सभापतित्वमा बसेको बैठकले विभिन्न उपसमितिका संयोजक तोकेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिएका छन् ।

निर्णयअनुसार अर्थ योजना उपसमितिको संयोजकमा गोविन्दराज पोखरेल चयन भएका छन् । त्यस्तै जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी नियुक्त भएकी छन् ।

नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद–समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम तथा अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् ।

यसैगरी बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल तथा गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएका छन् ।