ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्री बालेन शाहको सामूहिक छलफल

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्री बालेन शाहको सामूहिक छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता भएको हो ।

छलफलका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विविध विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।

यसअघि पनि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए ।