

एजेन्सी, १४ कार्तिक । भारतको गुजरात राज्यमा आज विश्वकै सबैभन्दा अग्लो मूर्ति अनावरण गरिएको छ । १ सय ८२ मिटर अग्लो तामाको मूर्ति भारतीय स्वतन्त्रता सेनानी सरदार वल्लभ भाइ पटेलको हो ।
चार वर्ष लगाएर निर्माण गरिएको मूर्ति निर्माणमा ४७ अर्ब ८४ करोड नेपाली रुपैयाँ खर्च भएको छ । यो मूर्ति न्यूयोर्कको ‘स्ट्याच्यू अफ लिबर्टी’भन्दा दुई गुणा बढी अग्लो छ । यसअघि चीनको १ सय २८ मिटर अग्लो ‘स्प्रिङ टेम्पल बुद्ध’ विश्वको सबैभन्दा अग्लो मूर्ति मानिन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिलाई एकताको मूर्तिको संज्ञा दिँदै यसले पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।