

काठमाडौँ । सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन गर्ने वा नगर्ने विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल नभएको बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका पोखरेलले आवश्यकता अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने बताए।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधनबारे सोधिएको प्रश्नमा उनले भने, “त्यसको बारेमा आज मन्त्रिपरिषद्मा छलफल भएको छैन। आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।”
त्यसैगरी उनले आगामी बजेट तयारीको काम भइरहेको जानकारी दिए। “बजेटको विषयमा अर्थमन्त्री काम गरिराख्नुभएको छ। सम्बन्धित सबै मन्त्रालयहरूले आफ्ना योजनाहरू धेरैजसो प्रस्तुत गरिसक्नुभएको छ। काम भइरहेको छ,” उनले भने।