कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटायो

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौँ । नेपाली कांग्रेस ले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज, व्यवस्थित र तीव्र बनाउन सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले सदस्यता अद्यावधिक तथा अनुगमनका लागि केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी दिने निर्णय गरेको हो।

का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रदेशगत रूपमा तोकिएका प्रतिनिधिहरू यसप्रकार छन्–

  • डा. डिला संग्रौला – कोशी प्रदेश
  • बहादुर सिंह लामा – बागमती प्रदेश
  • उदय शमशेर राणा – सुदूरपश्चिम प्रदेश
  • मुक्ताकुमारी यादव – गण्डकी प्रदेश
  • जानकी सिंह – कर्णाली प्रदेश
  • देवराज चालिसे – मधेश प्रदेश
  • अमरसिंह पुन – लुम्बिनी प्रदेश

बैठकले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको नवीकरण प्रक्रिया आगामी जेठ २१ गतेभित्र सम्पन्न गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी १४ औँ महाधिवेशनका बेला गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिले आधिकारिकता दिएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय गरिएको पनि दुलालले जानकारी दिए।