काभा महिला भलिबल : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काभा महिला भलिबल : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौँ । काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल महिला राष्ट्रिय भलिबल टोली ले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्स महिला राष्ट्रिय भलिबल टोली बीचको खेल दशरथ रंगशाला कभर्डहल मा साँझ ५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स बाट गरिनेछ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। ४ अंकसहित नेपाल समूहको दोस्रो स्थानमा रहेको छ भने माल्दिभ्स लगातार दुई खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको छ।

तुलनात्मक रूपमा कमजोर मानिएको माल्दिभ्सलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्य नेपालले राखेको छ। यदि नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरे ७ अंक पुग्नेछ र अर्को खेलको नतिजा कुर्नु नपर्ने अवस्था बन्नेछ।

नेपाल पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारत महिला राष्ट्रिय भलिबल टोली सँग पाँच सेटसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो। दोस्रो खेलमा भने किर्गिस्तान महिला राष्ट्रिय भलिबल टोली लाई सोझो सेटमा हराउँदै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको हो। समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरूको बाहुल्य रहेको छ। टोलीमा समावेश ६ नयाँ खेलाडीमध्ये ५ जनाले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।

आजै समूह ‘बी’ अन्तर्गत इरान महिला राष्ट्रिय भलिबल टोलीश्रीलंका महिला राष्ट्रिय भलिबल टोली बीच मध्यान्न १२ बजे खेल हुनेछ भने साढे २ बजे काजाखस्तान महिला राष्ट्रिय भलिबल टोलीबंगलादेश महिला राष्ट्रिय भलिबल टोली बीच प्रतिस्पर्धा हुनेछ।