अमेरिकामाथि नेपालको १२२ रनकाे रबाफिलो जित

अमेरिकामाथि नेपालको १२२ रनकाे रबाफिलो जित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले अमेरिकालाई १२२ रनले पराजित गर्दै शानदार जित निकालेको छ। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका राष्ट्रिय क्रिकेट टोली ४१ ओभर २ बलमा १९५ रनमै समेटियो।

अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। अन्य ब्याट्सम्यानमध्ये शयान जहांगिरले २७, शेहान जयसुरियाले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२, नेत्र केन्जिगेले २९ रन बनाए। केही खेलाडी शून्य रनमै आउट भए।

नेपालका बलरहरू प्रभावशाली देखिए। सन्दीप लामिछाने ले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, ललित राजवंशीगुलशन झा ले २–२ विकेट हात पारे। सोमपाल कामी ले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे ले ८४ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल ले ४६ रन बनाए।

ओपनिङमा आसिफ शेखकुशल भुर्तेल ले ६९ रनको साझेदारी गरे। दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ५९ रन बनाए। नेपालले समग्रमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिजको अन्तिम खेलमा प्रभावशाली जित दर्ता गरेको हो।