विश्वकप लिग-२ : अमेरिकासामु नेपालको ३१८ रनको विशाल लक्ष्य

विश्वकप लिग-२ : अमेरिकासामु नेपालको ३१८ रनको विशाल लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मा जारी खेलमा नेपालले अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल राष्ट्रिय क्रिकेट टोली ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो। नेपालले बनाएको यो स्कोर कीर्तिपुरस्थित टियु मैदानमा अहिलेसम्मकै सर्वाधिक उच्च योगफल बनेको छ। यसअघि नेपाल र यूएईले उक्त मैदानमा ३१० रन बनाएका थिए।

नेपालका लागि ईशान पाण्डे ले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै दीपेन्द्र सिंह ऐरी ले ५९ रनको योगदान दिए। त्यसैगरी रोहित पौडेल ले ४६, आसिफ शेख ले ४३, कुशल भुर्तेल ले २९ तथा गुलशन झा ले १५ रन जोडे।