

काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी), प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै पीएसबी र प्रेस काउन्सिल नेपालमा अध्यक्ष पद तथा गोरखापत्र संस्थानमा महाप्रबन्धक पदका लागि आवेदन माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०८३ जेठ १८ गते सोमबारसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
दरखास्तका लागि आवश्यक मापदण्ड, विस्तृत विवरण तथा फाराम मन्त्रालयको आधिकारिक वेबसाइट www.mocit.gov.np मा उपलब्ध गराइएको छ।
यसैबीच, मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) को अध्यक्ष पदका लागि पनि दरखास्त आह्वान गरेको छ। आज जारी सूचनाअनुसार सो पदका लागि पनि जेठ १८ गतेसम्म आवेदन दिन सकिनेछ।
वर्तमान सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
त्यसैगरी प्रेस काउन्सिल नेपालका अध्यक्ष पदका लागि पनि आवेदन आह्वान गरिएको छ। मन्त्रालयका अनुसार दरखास्त पेश गर्ने उम्मेदवारका लागि आवश्यक योग्यता, कागजात तथा अन्य विवरण मन्त्रालयको वेबसाइटमार्फत उपलब्ध गराइएको छ। यसअघि सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट रहेका थिए।