मोटरसाइकल चोरीमा प्रहरीका तीन जवान समातिए

मोटरसाइकल चोरीमा प्रहरीका तीन जवान समातिए

काठमाडौं, १४ कात्तिक । मोटरसाइकल चोरी गर्ने नेपाल प्रहरीका तीन जवान समातिएका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत प्रहरी जवान वासिङ्टन घर्ती र दीपेन्द्र शाही तथा महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत इन्द्रजित कडरियालाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीहरूले ५ कात्तिकमा क्षेत्रपाटीबाट बा.५७ प २५९९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ । सिसिटिभी फुटेज अवलोकनपछि मात्रै उक्त चोरीमा प्रहरीकै जवान संलग्न रहेको पुष्टि भएको थियो ।