कांग्रेस सभापति गगन थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता

कांग्रेस सभापति गगन थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबिच भेटवार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटवार्ता गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापति थापाबीच छलफल भएको हो । यसअघि मुख्यमन्त्री शाहले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत निवासमै पुगेर भेटेका थिए । सुदूरपश्चिम प्रदेशमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार रहेको छ ।

प्रदेशमा कांग्रेस–एमाले गठबन्धनमा नेकपालाई पनि समेट्ने विषयमा मुख्यमन्त्री शाहले कांग्रेस र एमाले शीर्ष नेतृत्वसँग छलफल गरेको स्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले सुदूरपश्चिममा कांग्रेस, एमाले र नेकपाबीच सहकार्य भए सकारात्मक सन्देश जाने बताएका बताइएको छ ।

प्रदेशमा नेकपाले एमालेसँग सहकार्यबारे संवाद अघि बढाएपछि मुख्यमन्त्री शाहले राजनीतिक सक्रियता बढाएका बताइएको छ ।