राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जेठ १ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

सरकारले विभिन्न आयोग तथा सरकारी निकायमा नियुक्त भएका पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरिरहेको सन्दर्भमा उनले राजीनामा दिएको जनाइएको छ ।