श्रीलंकामा हुने त्रिदेशीय सिरिजका लागि भारत ‘ए’ टोली घोषणा, वैभव सूर्यवंशी समावेश

श्रीलंकामा हुने त्रिदेशीय सिरिजका लागि भारत ‘ए’ टोली घोषणा, वैभव सूर्यवंशी समावेश

तिलक वर्माको कप्तानीमा भारत ‘ए’, जुन ९ मा श्रीलंका ‘ए’सँग पहिलो खेल

काठमाडौं । श्रीलंकामा आयोजना हुने त्रिदेशीय सिरिजका लागि भारत ‘ए’ टोली घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सामाजिक सञ्जाल एक्समार्फत टोली सार्वजनिक गर्दै युवा आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीलाई पनि टोलीमा समावेश गरिएको जनाएको हो ।

यस प्रतियोगितामा भारत ए क्रिकेट टोली, श्रीलंका ए क्रिकेट टोलीअफगानिस्तान ए क्रिकेट टोली बीच प्रतिस्पर्धा हुनेछ । सिरिजको पहिलो खेल जुन ९ मा भारत ‘ए’ र श्रीलंका ‘ए’ बीच हुनेछ भने फाइनल खेल जुन २१ मा आयोजना गरिनेछ ।

भारत ‘ए’ टोलीको कप्तानी तिलक वर्मा ले गर्नेछन् । टोलीमा युवा खेलाडी वैभव सूर्यवंशी, प्रियांश आर्य तथा उपकप्तानका रूपमा रियान पराग रहेका छन् । त्यस्तै टोलीमा आयुष बडोनी, निशान्त सिन्धु, हर्ष दुबे, प्रभसिमरन सिंह, कुमार कुशाग्र लगायतका खेलाडीलाई पनि समावेश गरिएको छ ।

भारत ‘ए’ टोली :

  • तिलक वर्मा (कप्तान)
  • प्रियांश आर्य
  • वैभव सूर्यवंशी
  • रियान पराग (उपकप्तान)
  • आयुष बडोनी
  • निशान्त सिन्धु
  • हर्ष दुबे
  • सूर्यान्श शेडगे
  • प्रभसिमरन सिंह (विकेटकिपर)
  • कुमार कुशाग्र (विकेटकिपर)
  • विपराज निगम
  • यश ठाकुर
  • युधवीर सिंह
  • अंशुल कम्बोज
  • अरशद खान