कतारमा राष्ट्रपति भण्डारीको भेटघाट जारी

कतारमा राष्ट्रपति भण्डारीको भेटघाट जारी

कतार, १३ कार्तिक । कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसंग भेटघाट गर्नुभएको छ ।

यसअघि, राष्ट्रपति भण्डारीको सम्मानमा सैनिक टुकडीले सम्मान अर्पण गरेको थियो । भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउनेलगायत विषयमा छलफल भएको छ । अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना समेत गर्नुभएको छ । मित्रराष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमन्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ ।