

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई २४४ रनको लक्ष्य दिएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन बनायो।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। उनले १० ओभरमा ४१ रन खर्चेर १ मेडन ओभर पनि फाले। नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने करण केसीले ८ ओभरमा ५१ रन खर्चेर २ विकेट हात पारे।
स्कटल्यान्डका लागि ओपनर जर्ज मुनसेले ७५ रनको अर्धशतकीय पारी खेले। उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर फिन्ले म्याक्रिथले ३५ रन जोडे। ब्रान्डन म्याकमुलन ७ रन, कप्तान रिची बेरिङटन ५ रन, मार्क वाट २४ रन, म्याथ्यु क्रस १८ रन, माइकल लिस्क २९ रनमा आउट भए। ज्याक जार्भिस शून्य रनमा पेभेलियन फर्किए। माइकल लिस्क ३४ रनमा अविजित रहे।
नेपालले अब केहीबेरमै लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।